काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
उनले मौद्रिक नीति तयार गर्दा बजेट, वार्षिक कार्यक्रम, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समिति, बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल तथा सरोकारवालाबाट प्राप्त सुझावलाई आधार बनाइएको बताए।
गभर्नर पौडेलका अनुसार मौद्रिक नीतिलाई केही लचिलो बनाउनु आवश्यक देखिएकाले यसपटक त्यसतर्फ ध्यान दिइएको छ। साथै, निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिन विशेष ध्यान दिइएको पनि उनले जानकारी दिए।
राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष थप लचिलो नीति ल्याएको जनाएको छ।
पुरै मौद्रिक नीति यहाँबाट डाउनलोड गर्नुहोस्।