• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

युवा सर्जक तथा गायक जीवन कँडेलको मनै कट्क्क बनाउने पञ्चेवाजाको गीत "नरोउ छोरी" - भिडियो सहित

काठमाण्डौ । छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय सर्जक जीवन कँडेलको नयाँ गीत नरोउ छोरी भर्खर मात्र सार्वजनिक भएको छ । 

आफुले माया गरि हुर्काएकी छोरीलाई पराईघर पठाउदा पितामा पर्ने पिडालाई गीतमा उठाइएको छ । गीतका शब्द जीवन कँडेल र दिपक कँडेल मिलेर सिर्जना गरेका हुन भने लय सिर्जना चर्चित सर्जक गणेश अधिकारीले गरेका हुन । 

गीतमा जीवन कँडेल र सुनिता बुढाले आवाज दिएका छन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । सर्जक तथा गायक जीवन कँडेलले हरेक घर परिवारमा भएको घटनालाई गीत मार्फत प्रस्तुत गर्न पाँउदा आफुलाई अत्यन्तै खुसी लागेको बताउँदै गीतलाई सबैले मन पराईदिनेमा आफुहरु आशावादी रहेको रहेको बताउनु भयो । 

क्रान्ती केसीको निर्देशन रहेको गीतमा रामचन्द्र अधिकारी,रमा थपलिया र पुजा घिमिरेको अभिनय रहेको छ । गीतलाई जीवन साथी युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया