डोलप्रसाद अर्यालले लिए सभामुख पदको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार दिउँसो शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई सभामुख पदको शपथ गराएका हुन् ।

यसअघि आजै बसेको प्रतिनिधिसभा बैठकले अर्याललाई निर्विरोध रूपमा सभामुख निर्वाचित भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया