एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार बढी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शनिबार सार्वजनिक गरेको एसईई पूरक परीक्षाको नतिजामा एक लाख ४३ हजार २५७ मध्ये ८३ हजार ५६४ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यसपटक ५९ हजार ६९३ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा गत वैशाखमा सम्पन्न वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ पाएका वा अनुपस्थित विद्यार्थीलाई पुनः सहभागी हुने अवसर दिइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय