काठमाण्डौं - साताको तेस्रो दिन नेप्से परिसूचक नौ अङ्कभन्दा धेरैले बढेको छ। नेप्सेमा लगातार दोस्रो दिन वृद्धि भएपनि कारोबार रकम भने घटेर २ अर्ब ५० करोडमा सीमित भएको छ ।
आज नेप्सेका सबै उपसूचकमा हरियाली छाएको छ भने हिमालयन रिइन्सुरेन्सको धेरै सेयर किनबेच भएको छ। यो सँगै समग्र नेप्से २०८५ विन्दुमा पुगेको छ ।
कारोबार भएका मध्य १८१ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ ।
आज २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ भने एक कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।