काठमाडौं - केही समय पहिला आइपिओ निष्कासन गरेको हिमालयन रिइन्सुरेन्सले शेयर हितग्राही खातामा आइसकेको छ तर यो हप्ता भने दोस्रो बजारमा कारोबार हुन सकेन ।
कम्पनीले दिएको जानकारी अनुसार आउँदो साताको पहिलो वा दोर्सो कारोबार दिनमा शेयरको सूचीकृत गर्ने गरी काम अगाडि बढेको छ । अर्को साता यो कम्पनीको कारोबार हुने पक्का छ ।
अहिले कम्पनीले शेयर सूचीकृत सम्बन्धी बाँकी कामहरू गरिरहेको छ ।
कतिमा होला पहिलो कारोबार ?
कम्पनीको अन्तिम अडिट रिपोर्ट हेरेर मूल्य तय गरिन्छ । यसरी हेर्दा रिइन्सुरेन्सको आर्थिक वर्ष २०७८/७९ को अडिटेड रिपोर्ट अनुसार यसको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा रहेको छ । त्यसैलाई आधार मानेर यसको ओपनिङ तोकिनेछ । कम्पनीले यसैको ३ गुणा बढी सम्म ओपनिङ मूल्य पाउने छन् । १०३.७ देखि ३१०.१० सम्ममा पहिलो कारोबार हुने छ ।
कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । यसले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरमा बिक्री खुला गरेको थियो।