ह्वात्तै सुनको मूल्य घट्दा ,चाँदीको के छ

काठमाडौंं - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

महासंघले आजको कारोबार मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य ९३ हजार ५०० र तेजाबी सुनको ९३ हजार रुपैयाँ छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ । हिजो मंगलबार यसको मूल्य ११ सय ८५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया