काठमाडाैं - मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५८.९३ अंकले गिरावट आएर २४७०.३९ को बिन्दुमा रोकिएको छ। साउन ३१ गते नेप्से ३ हजार दशमलब ८१ बिन्दुमा पुगेको थियो, जुन हालको अवस्थासम्म २० प्रतिशत भन्दा बढीको गिरावट हो। शेयर विश्लेषकहरूले यस्तो ठूलो गिरावटलाई ‘क्रयास’ मान्नुपर्ने बताउँदै आएका छन्। मंगलबारसम्म देखिएको यो निरन्तरको गिरावटले शेयरबजारमा नेप्से ‘क्रयास’ भएको अनुमान गर्न सकिन्छ।
मंगलबारको शेयर बजारमा देखिएको कमजोर प्रदर्शनले बजारमा रहेका सम्पूर्ण सहायक सूचकहरू नकारात्मक रहेका छन्। २३३ वटा कम्पनीहरूको शेयर मूल्यमा गिरावट आएको छ, जबकी केवल १० वटा कम्पनीहरूको शेयर मूल्यमा झिनो अंकले मात्रै वृद्धि भएको छ। एकवटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ, जसले समग्र बजारमा विश्वासको कमीलाई उजागर गर्छ।
मंगलबारको कारोबारमा १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयरको ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ बराबरको कारोबार भएको छ। फलेट इन्डेक्स, सेन्सेटिभ इन्डेक्स, र सेन्सेटिभ फ्लोट इन्डेक्स सबै नकारात्मक अवस्थामारहे।