काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय बौद्धिक सर्जक डा. शिव सुवेदीको नयाँ गीत "फेरियौ मायालु" ले शब्दको गहिराइ र मिठासका कारण चर्चा बटुलिरहेको छ। यसो त सुवेदीका हरेक गीतमा देखिने विशेष मिठास र गहिराई यस गीतमा पनि झल्किएको छ।
सुवेदीले यसपटक माया प्रेममा बिछोडिने प्रेमीहरूको पीडालाई कलात्मक ढंगले गीतमा प्रस्तुत गरेका छन्। सुवेदीकै शब्द र लय सिर्जना रहेको यस गीतलाई चर्चित गायक कुशल बेलबासे र गायिका समीक्षा अधिकारीले स्वर दिएका छन्।
निर्देशनमा अनुभवी निर्देशक विनोद भण्डारीले गीतमा निकै मेहनतले भिडियो निर्माण गरेका छन् । गीतमा अनिल पौडेल, स्मारिका ढकाल र सुरेश कोहलीले अभिनय गरेका छन्।