ह्वाइट हाउसको चेकपोइन्टमा गोली चल्दा एक जनाको मृत्यु

वासिङ्टन । ह्वाइट हाउस नजिक रहेको सुरक्षा जाँच चौकीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भएको घटनामा एक व्यक्तिले झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाएका थिए । त्यसपछि सुरक्षाकर्मीले तत्काल जवाफी कारबाही गरेका थिए ।

गोली लागेर गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

घटनाका क्रममा सुरक्षामा खटिएका कुनै पनि सुरक्षाकर्मी घाइते नभएको बताइएको छ ।

घटना हुँदा डोनाल्ड ट्रम्प निवासभित्रै रहेका थिए । अमेरिकी अधिकारीहरूले उनी पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन् ।

घटनापछि राष्ट्रपतिको निवास आसपा

प्रतिक्रिया