काठमाडौं — नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। भारतबाट आयात हुने इन्धनको मूल्य घटेपछि निगमले सोमबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो।
नयाँ मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ र डिजेल १४८ रुपैयाँमा बिक्री हुनेछ। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा १ रुपैयाँले मूल्य घटाइएको निगमले जानकारी दिएको छ।
अन्य पेट्रोलियम पदार्थहरूको मूल्य भने यथावत् राखिएको छ।
