विदेशको भूमिबाट रामु जिसी कमलको नयाँ वर्षको कोसेली निरजाले - भिडियो सहित

काठमाण्डौ । विदेशमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा आफ्नो निरन्तर योगदान गर्ने युवामा पर्दछन् सर्जक रामु जिसी कमल । उनै कमलको उत्कृष्ट शब्द सिर्जना सहितको नयाँ गीत निरजाले भर्खर मात्र सार्वजनिक भएको छ । 

नेपाली नयाँ वर्ष २०७९ को अवसर पारेर जिसीले आफ्नो गीत सार्वजनिक गरेको आर्थिक सन्देशलाई बताउनु भयो । सम्पूर्ण पक्ष उत्कृष्ट रहेको उनको पछिल्लो गीत निरजालेमा बालकुमार श्रेष्ठ र विन्दु मल्ल ठकुरीले आवाज दिएकोमा छन । गीतलाई झलक संगीतमले संगीत संयोजन तथा लय सिर्जना समेत गरेका छन । 

पछिल्लो समय नेपालमा प्रचलनमा रहेको विटनै गीतले आधार बनाएको छ भने माया प्रेमलाई विषय बनाइएको छ । पछिल्लो समयका चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशन रहेको गीतमा काजिश श्रेष्ठ,आरुषी मगर,गोविन्दु विवश र यसु भट्टराईको अभिनय रहेको छ । 

धौलागिरी ताराखोला म्युजिकले बजार व्यवस्थापन गरेको गीत सार्वजनिक भएपछि दर्शक स्रोताबाट राम्रो प्रतिक्रियाहरू आइरहेको निर्माण युनिटले हामीलाई बताएको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय