तरलता सहज बनाउन गाडी आयात रोक्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । तरलता अभाव सहज बन्नेआउन राष्ट्र बैंकले फेरि नयाँ टुल प्रयोग गर्ने भएको छ । पाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाडी आयातको एलसी रोक्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार २७ वटा वाणिज्य बैंकका सीइओलाई बोलाएको थियो ।

बैंकका सीइओहरुसँगको छलफलमा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल,अनुसन्धान विभागका डा प्रकाश श्रेष्ठ र वित्तीय जानकारी इकाइका दीर्घबहादुर रावल सहभागी थिए ।

बैठकमा सुपरिवेक्षण विभागका प्रमुख ढकालले बैंकहरुले सीडी रेसियो ९० प्रतिशत भन्दा बढी पुर्याएको र यसलाई सीमामा ल्याउन भनेका थिए । अनुसन्धान विभागका प्रमुख श्रेष्ठले शोधानान्तर घाटा अत्याधिक बढेको तथा अहिलेको विदेशी सन्चिती ६ महिनाको वस्तु तथा सेवा आयात समेत धान्न नसक्ने भएको हुँदा गाडी आयातको एलसी रोक्न भनेका थिए ।बैठकमा सहभागी एक वाणिज्य बैंकका सीइओले राष्ट्र बैंकले प्रष्ट रुपमा गाडी आयातको एलसी केही समयलाई रोक्न निर्देशन दिएको बताए । राष्ट्र बैंकले गाडी आयात रोक्न औपचारिक रुपमा निर्देशन नदिएपनि बोलाएर निर्देशन दिएको हुँदा केही समय गाडी आयातको एलसी नखुल्ने ती सीइओले जानकारी दिए ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ७० अर्बजतिको गाडी र यसको पाटपुर्जा आयात भएको छ ।

वित्तीय जानकारी इकाइका प्रमुख रावलले बैंकहरुले सम्पत्ति शुद्धिकरण निवारणका नियमहरु कडाइका साथ लागू नगरेकोमा असन्तुष्टी जनाएका थिए ।

प्रतिक्रिया