६ लाख सहित नेपाली कांग्रेसका जिल्ला सभापति पक्राउ


काठमाडौं–अरुलाई आचरण, नैतिकताको पाठ पठाउने एक राजनीतिकर्मी पक्राउ परेका छन् । तिहारमा तास खेलिरहेको अवस्थामा प्रहरीले मोटो रकम सहित नेपाली कांग्रेसका नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा रहेका छन् । लामा सहित १८ जना जुवाखालबाट पक्राउ परेका छन् । जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारेको प्रहरीले बौद्धस्थित नयाँ बस्तीबाट उनीहरु पक्राउ गरेको हो।


सागर लामाको प्ल्याटबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुबाट ६ लाख १३ हजार ५ सय रुपैयाँ बरामद भएको बताइएको छ ।
 

प्रतिक्रिया