सुनको मूल्य स्थिर, चाँदीको भाउमा वृद्धि

काठमाडौंँ - बुधबार सुनको भाउ स्थिर रहेको छ । जेठ २५ गते, सुन मंगलबारकै भाउमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ भने वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम रहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार हुँदैछ ।मंगलबार भने सुनको भाउमा गिरावट देखिएको थियो । त्यस दिन सुन तोलामा ६०० रुपैयाँले घटेको थियो ।

बुधबार चाँदीको मूल्य वृद्धि भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २८० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १५ रुपैयाँले गिरावट भएर एक हजार २७५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया