• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

प्रिओपन सेसन - १२ अंकले नेप्से बढ्यो,दिनको शुभ संकेत त हैन ?

काठमाण्डौ - सोमबार अर्थसतकले घटेको शेयर बजार आज भने प्रिओपन सेसनमा १२ अंकले बढेको छ । 

अदालतको फैसलापछि प्रभावित बनेको शेयर बजार अब केहि दिन ओरालो लाग्ने धेरैको अनुमान छ । तर प्रिओपन सेसनमा भने नेप्से बढेको छ । 

यो सेसनमा आज ४५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३१ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ५ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । 

आज राधि जलविद्युतको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ साथै एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य ५ प्रतिशत हाराहारीमा बृद्धि भएको छ । 

प्रतिक्रिया