टिआर पौडेलको मौलिक तीज गीत 'मै छोरी अभागिनी' सार्वजनिक

काठमाडौँ — हरितालिका तीजको अवसर पारेर गायक तथा सर्जक टिआर पौडेलको मौलिक तीज गीत ‘मै छोरी अभागिनी’ सार्वजनिक गरिएको छ। गीत सार्वजनिक भएलगत्तै दर्शक–श्रोतामाझ लोकप्रिय बन्दै गएको छ।

तीजको मर्म र पीडा समेटिएको गीतको अडियो तथा भिडियो दुवै पक्ष उत्कृष्ट रहेको छ। गीतमा शब्द, संगीत, निर्देशन र अभिनय टिआर पौडेल स्वयंले गरेका छन्। शान्तिश्री परियारको स्वर रहेको गीतमा कृष्ण केसीले संगीत संयोजन गरेका हुन्।

गीतको भिडियोमा जुनु यस डी, टिआर पौडेल, प्रकाश घिमिरे र रोशनी रामदामले अभिनय गरेका छन्।

 

प्रतिक्रिया