राष्ट्रपति पौडेलद्वारा सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त

काठमाडौँ— राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जी समूहको मागअनुसार सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका छन्। राष्ट्रपतिले संविधानको धारा ६१ लाई आधार मानी कार्कीलाई नेतृत्व दिने जिम्मेवारी दिएका हुन्।

उक्त धाराको उपधारा ४ मा राष्ट्रपतिको प्रमुख कर्तव्य संविधानको पालन र संरक्षण गर्नु हो भनिएको छ भने उपधारा ३ मा नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ। यी प्रावधानलाई आधार मानेर राष्ट्रपति पौडेलले कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को अध्यक्ष नियुक्त गरेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय