ग्वार्को ओभरपास जेठ मसान्तभित्र सञ्चालनमा आउने

काठमाडौं — ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको ओभरपासमा यही जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको छ। आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ भने यही जेठ १५ भित्रै सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले जनाएको छ।

ओभरपास निर्माणको ठेक्का २०७८ फागुन १२ मा आशिष–समानान्तर जेभीसँग दुई वर्षभित्र काम सक्ने गरी गरिएको थियो। तर, तोकिएको म्याद २०८० फागुन १२ मा सकिएपछि म्याद थप गर्दै २०८१ पुस ८ सम्म पुर्‍याइएको थियो। त्यसबेलासम्म पनि काम नसकिएपछि सडक विभागले निर्माण कम्पनीलाई गत पुसदेखि हर्जाना तिराएर काम गराइरहेको छ।

ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारी ओभरपासबाट चल्नेछन् भने ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ जाने सवारीसाधन ओभरपासको तलको सडक खण्ड प्रयोग गर्नेछन्।

यस आयोजनाबाट चक्रपथको सातदोबाटो–कोटेश्वर खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्ड हुँदै आवागमन गर्ने सवारीसाधनलाई सुरक्षित, सुगम र व्यवस्थित ढंगले चल्न सहज हुनेछ।

प्रतिक्रिया