मन्त्री ज्वाला कड्किए मेरो गल्ती छैन

काठमाडौं - बालकुमारीमा भएको घटनामा आफ्नो दोस् नरहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जिकिर गरेका छन् 

आफू एकीकृत समाजवादीको बैठकबाट सिंहदरबार जान बालकुमारीको बाटो हुँदै जान लाग्दा सुरक्षा निकायले अवरोध भएको जानकारी नगराएको उनले बताए ।

सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ज्वालाले आफ्नो निजी सुरक्षा अधिकारी (पीएसओ)ले बालकुमारी हुँदै सिंहदरबार जान लागेको जानकारी गराउँदा प्रहरीले सडकमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको बताएका हुन् ।

प्रतिक्रिया