आजदेखि शेयर रोक्क नहुने,धितोपत्र बोर्डले जारी गर्यो निर्देशिका

काठमाण्डौ । कम्पनी मर्ज हुँदा महिनाौ सम्म शेयर रोक्का हुने समस्या समाधान हुने भएको छ । नेपाल धितोपत्र  बोर्डले  “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” जारी गरेसँगै अब भने शेयर रोक्क गर्न नपाइने भएको छ । 

निर्देशिनक कार्तिक २४ गतेदेखि नै लागु हुने छ । लगानीकर्ताहरुले लामो समय सम्म शेयर रोक्क हुँदा आर्थिक क्षति भएको गुनासो गर्दै आएका थिए । 

निर्देशिका अनुसार अब सुचिकृत कम्पनीहरु मर्जमा हुँदा बढीमा १५ दिन मात्र शेयर कारोबार रोक्का गर्न पाइने छ । त्यस्तै यस अघि नै मर्जरका कारण शेयर कारोबार रोक्का भएका कम्पनीहरुको शेयर कारोबार तत्काल सुचारु गर्नु पर्ने ब्यबस्था निर्देशिकाले गरेको छ  । यद्यपि आधारभूत शेयरधनीको शेयर भने रोक्का नै रहिरहने छ  ।

एकीकृत व्यवसायिक कारोवार गरेको मितिबाट गाभ्नेर गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि बढीमा १५ कार्य दिनसम्म शेयर कारोवार रोक्का राख्न सम्बन्धित संगठित संस्थाले धितोपत्र बजार समक्ष निवेदन दिनुपर्ने ब्यबस्था निर्देशिकाले गरेको छ । निवेदन प्राप्त भए पछि धितोपत्र बजारले सम्बन्धित संगठित संस्थाको शेयर कारोवार रोक्का राख्नुपर्नेछ। 

निर्देशिका अनुसार निर्देशिका प्रारम्भ हुनु अघि गाभ्नेरगाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण शेयर कारोवार रोक्का रहेका संगठित संस्थाको आधारभूत शेयरधनी बाहेक अन्य शेयरधनीको शेयर कारोवार फुकुवा गर्नुपर्नेछ।  आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत शेयरधनीको विवरण सहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ। निवेदनको आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकको शेयर कारोवार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ । 

निर्देशिका अनुसार आधारभूत शेयरधनीको शेयर भने मर्जर सम्झौता गरेको भोलिपल्ट बाट नै रोक्का राख्नु पर्ने छ  । त्यस्तै निर्देशिकाले बढीमा ६ महिना भित्रमा मर्जर प्रक्रिया सक्नु पर्ने ब्यबस्था गरेको छ । 

प्रतिक्रिया