काठमाण्डौ । सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा विहिबार पनि सकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको पहिलो घण्टामै कम्पनीको शेयर मुल्यमा सर्किट लागेको हो । योसँगै कम्पनीको शेयर मूल्य ५४७ रुपैयाँ पुगेको छ । यसरी हेर्दा लगानीकर्ताहरुले एक हप्ताको अवधिमा ५ हजार हाराहारीमा कमाइ भएको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर खरिदमा ३ लाख भन्दा धेरैको खरिद माग रहेको छ