काठमाण्डौ । लामो प्रतिक्षपछि धितोपत्र बोर्डले नयाँ धितोपत्र दलाल व्यवसायीको लागि आवेदन खुला गरेको छ । उसले आइतबार एक सूचना प्रकाशित गर्दै आवेदन माग गरेको छ ।
धितोपत्र व्यवसायी पाँचौं संशोधन नियमावली २०७९ लाई मन्त्रीपरिषद्बाट पारित गरेपछि बोर्डलाई ब्रोकर लाईसेन्सको विनेदन माग गर्ने बाटो खुलेको हो । धितोपत्र दलाल व्यवसाय सञ्चालन गर्न योग्यता पुगेका संस्थाले ३० दिन भित्र बोर्डमा निवेदन दिनुपर्ने छ ।
धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा भितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकोले थितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानून र सर्तहरूको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न चाहने संगठित संस्था वा कम्पनीलाई अनुमतिपत्र प्रदान गर्ने कार्य अगाडि बढाइएकोले थितोपत्र दलाल तथा थितोपत्र व्यापारीको अनुमतिपत्र प्राप्त गर्न चाहनेले निवेदन पेस गर्न बोर्डले आग्रह गरेको छ ।