नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबारदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर तीन रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ।
मूल्य समायोजनसँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १५७ रुपैयाँ र डिजेल १४२ रुपैयाँ पुगेको छ। त्यस्तै, सुर्खेत र दाङमा पेट्रोल १५६ र डिजेल १४१ रुपैयाँ कायम भएको छ भने अन्य स्थानहरूमा पेट्रोल १५४।५० र डिजेल १३९।५० रुपैयाँमा झरेको छ।