प्रधानमन्त्री बालेनले विस्तार गरे मन्त्रिपरिषद्, मन्त्रीहरूले लिए शपथ

 

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले १५ जना मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ मन्त्रीहरू नियुक्त गरेका थिए । सोहीअनुसार नियुक्त भएका मन्त्रीहरूले आजै औपचारिक रूपमा शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रिपरिषद्मा अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्रीमा सुनिल लम्साल, उर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्रीमा खडक पौडेल, शिक्षामन्त्रीमा सस्मित पोखरेल तथा स्वास्थ्यमन्त्रीमा निशा मेहता नियुक्त भएका छन् ।

यस्तै, सञ्चारमन्त्रीमा विक्रम तिमल्सिना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, कानूनमन्त्रीमा सोविता गौतम, कृषिमन्त्रीमा गीता चौधरी, श्रममन्त्रीमा दिपक साह तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी नियुक्त भएका छन् ।

शपथपछि नवनियुक्त मन्त्रीहरूले आ–आफ्नो जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन् । नयाँ मन्त्रिपरिषद्ले सुशासन, सेवा प्रवाहमा सुधार तथा विकासका कार्यक्रमलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया