काठमाण्डौ - पछिल्ला केही दिन देखि घटिरहेको बजार अब काट जाला भन्ने चौतर्फी बहसको विषय बनिरहेको छ ।
३२ आसपास पुगेको बजार २८ सय सम्म झरेपछि यो विषयले संसद भवन सम्म ठाउँ पायो । अर्थमन्त्री र गभर्नर बीच शेयर बजारको विषयमा छलफल भयो । यसरी हेर्दा शेयर बजार सबैको चासोको विषय बनेको प्रस्ट हुन्छ ।
बजार घट्न पछिका केही कारण -
निरन्तर उच्च बिन्दुमा पुगेको बजार ओरालो लाग्नुमा मुख्य भूमिका खेल्यो नेपाल धितोपत्र बोर्डले । बोर्डले कारोबार संकास्पद भएको भन्दै नामै सहित ५१ कम्पनीहरूको लिस्ट लिकाल्यो जसले बजार केही घटाउन भूमिका खेल्यो ।
शेयर बजार ओरालो लाग्नुमा अर्को मुख्य भुमिका रह्यो मौद्रिक नीति । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले शेयर धितो कर्ताको सीमा १२ कोरोड बनायो । यसले ठूला लगानीकर्तालाई असर गर्यो । उनीहरूले ऋण व्यवस्थापनको लागि बजारमा अधिक सप्लाई दिए जसको कारण बजार घट्यो । नेपालमा ठूला लगानीकर्ताको हातमा शेयर बजार रहेको कुरा हो विषयले पनि पुष्टी गर्यो । अहिले बजार केही सम्हालिने प्रयास गर्दै छ ।
अबको नेप्से कता ?
धेरै लगानीकर्तालाई यस्तो लागेको छ कि ठूला लगानीकर्ताले आफ्नो व्यवस्थामा गरी सके अब शेयर सप्लाई पहिला जस्तो धेरै आउँदैन र बजार माथि जान्छ । विभिन्न छलफल केन्द्रहरूमा समेत यो विषयमा कुरा उठेको छ ।
ठूला लगानीकर्ताको हातमा मात्र अहिले नेपालको शेयर बजार छैन अब उनीहरूले चाहेर मात्र बजार घट्दैन भन्ने धेरैको मनोभावना रहेको छ । यो भावनाले पनि शेयर बजार बढाउनमा मद्धत गर्ने देखिन्छ ।
समग्रमा हेर्दा अबको सेयर बजार माथि जाने अनुमान धेरैले गरेका छन् ।