"झ्यालमा पर्दा छ" कि गायिका थापा दुर्घटनामा,के अवस्था गम्भीर छ ?

काठमाडौं - चर्चित गीत झ्यालमा पर्दा छ कि गायिका सुमना थापा मगर सवारी दुर्घटनामा परेकी छ । 

उनी मंगलबार दुर्घटनामा परेको पारिवारिक स्रोतले जनाएको छ । बबरमहलबाट आफ्नो डेरा तर्फ आउदै गरे की थापालाई पछाडिबाट तिब्र गतिमा आएको मोटरसाइकल ठक्कर दिएको थियो । 

ठक्कर दिने मोटरसाइकल र चालक फरार छन् । अहिले प्रहरीले खोजीकार्य जारी राखेको छ । थापाको अनुहार र खुट्टामा गहिरो छोट लागेको छ । 

कृतिपुर अस्पतालमा रहेकी थापाको अवस्था अहिले भने खतरा मुक्त रहेको अस्पतालले जनाएको छ । 

उनी दुर्घटनामा पारेको खबरपछि धेरै कलाकार हरुले स्वास्थ्य लाभको कामना गरेका छन् । 

गायिका थापाका दर्जनौ उत्कृष्ट गीतहरू सार्वजनिक भइसकेका छन् । 

प्रतिक्रिया