आज बेलुकी सम्म काठमाडौंको मेयर चयन हुने, बालेन् जीत नजिक पुग्दा कति छ मतान्तर ?

काठमाडौ - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । मत गणना अब अन्तिम अन्तिम चरणमा समेत पुगेको छ । 

बेलुकी अबेर राती सार्वजनिक भएको मतपरिणाम अनुसार १४२०९० मत गनिसक्दा बालेनले ४८००८ मत पाएका छन् ।

एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा पुगेका छन् उनले २८३२६ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले २९१८० मत ल्याएकी छन् ।

बालेन शाह सिर्जना भन्दा १९९०९ धेरै मतले अघि रहेका छन् । 

प्रतिक्रिया