• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

प्रीमियममा आइपीओ निकाल्ने पहिलो बीमा कम्पनी बन्दै रिलायवल लाइफ

काठमाण्डौ - पछिल्लो समय नेपालमा प्राथमिक शेयरको निकै चर्चा छ । लगानीकर्ताको आकर्षणले गर्दा पनि यो चर्चा चुलिएको हो । 

 

यसै बीच बीमा बजारमा आफूलाई अब्बल प्रमाणीत गर्दै अघि बढेको रिलायबल लाइफ इन्स्योरेन्सले प्रीमियम आइपीओ निष्कासन गर्ने तयारी गरको छ । बीमा कम्पनीमा यो नै प्रीमियम आइपीओ निस्कासन गर्ने पहिलो कम्पनी हो । 

 

कम्पनीले प्रति कित्ता २१२ रुपैयाँका दरले सर्वसाधारणको लागि आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ ।

 

प्रति कित्ता २१२ रुपैयाँ दरले ६० लाख कित्ता अर्थात १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।

 

हाल १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले आईपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल मार्केट क्यापिटल रहेको छ ।

प्रतिक्रिया