भरतपुर महानगरमा रेणु दाहाल ८,६६८ मतले अगाडि

चितवन - भरतपुर महानगरपालिकामा ९८ हजार ८४४ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३९,१५६ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३०,४८८ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२,७३२ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उपमेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४१,३७५ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २४,१३० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया