रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं - कतिपय सामान्य गीत सार्वजनिक हुनु पर्व नै निकै चर्चामा आउछन् तर केही गीतहरु भने उत्कृष्ट भएपनि सोचे अनुसार दर्शक माझ पुग्न सकेका हुँदैन ।
आज हामीले यस्तै एउटा दमदार गीत जुन दर्शक माझ पुग्न सकेको छैन त्यस्तो गीतको चर्चा गर्दै छौ ।
सुरेश रमण अधिकारी निकै सुमधुर आवाज भएका गायक भित्र पर्दछन् । उनले आवाज दिएका दर्जनौं गीत निकै चर्चित छन् । केही दिन अघि मात्र सार्वजनिक भएको गीत श्रदाञ्जली पनि उत्कृष्ट गीत भित्र पर्दछ । निकै चोटिला शब्द सहित माया प्रेममा बिछोड हुने नेपालीहरुको कथालाई उठाइएको सो गीतमा आवाजमा सुरेशलाई प्रतिमा बिश्वकर्माले साथ दिएकी छन् । गीतलाई राजेश न्यौपानेले लय तथा शब्द सिर्जना गरेका छन् ।
गीतको भिडियो पनि राम्रो छ । सिर्जन बरालको निर्देशन रहेको गीतमा विनोद भण्डारी र सारिका केसीको अभिनय रहेको छ ।
सम्पूर्ण पक्ष निकै दमदार रहेको भए पनि गीतले सोचे अनुसार दर्शक पाउन सकेको छैन । यस्ता गीतहरू धेरै दर्शक माझ पुग्नु पर्छ भन्ने हाम्रो चाहना रहेको छ ।