अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ। अमेरिकाको मेट लाइफ स्टेडियममा भएको खेलमा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिकै पुगेको हो। अर्जेन्टिनाका लागि खेलको २२ मिनेटमा जुलियन अल्भारेज र ५१ औं मिनेटमा लियोनल मेस्सीले गोल गरे।
अर्जेन्टिना इक्वेडरलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने क्यानडा भेनेजुएलालाई हराउँदै सेमिफाइनलमा पुगेको थियो। अब अर्जेन्टिनाले उपाधिको लागि उरुग्वे र कोलम्बियामध्ये एउटा देशसँग खेल्नेछ। दोस्रो सेमिफाइनल भोलि बिहान पौने ६ बजे उरुग्वे र कोलम्बियाबीच हुनेछ।