बान्द्रे खोलामा आएको बाढीले दुईको ज्यान लियो, एक युवा अझै बेपत्ता

बागलुङ – बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति आएको बाढीले दुई जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्।

बाढीले ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको छ, जुन कुँडुलेदेखि मालिका जाँदै थियो। बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, बाढीमा परी सोही ठाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएका छन्। अर्जुन सापकोटा र अवेशिक रेग्मीको शव करिब २०० मिटर तल फेला परेको र शव परीक्षणका लागि धौलागिरि अस्पताल, बागलुङमा पठाइएको छ।वर्षा जारी रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया