काठमाण्डौ - नेपालमा कोरोना संक्रमण आज केही बढेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १८९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १४८८ पीसीआर परीक्षणबाट र ४०९ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ११ हजार ६०९ नमुनाको पीसीआर परीक्षण र ४ हजार ३७० एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १५ हजार ९७९ गरिएको छ ।
१७४३ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट २० जनाको मृत्यु भएको छ।