आज क्रिसमसः येशू क्रिस्टको जन्म दिन, येशूले मुक्ति, प्रेम र शान्ति दिएको विश्वास

काठमाडौं । आज शनिवार, नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी क्रिसमस पर्व मनाईंदछ ।

आज जिजस क्राइस्ट (येशू क्रिस्ट) को जन्मदिन पनि हो । आजको दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउँछन ।

आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।

येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन धर्मावलम्बीहरुले आजको दिनलाई भव्य रुपमा मनाउने गर्छन्।क्रिसमसका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।

हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको बताइन्छ। त्यस्तै, हाल देशभर करिब १३ हजारभन्दा बढी चर्चहरु निर्माण भैसकेका छन ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय