श्रृजनशील लघुवित्तले आईपीओ निष्कासन गर्ने

काठमाडौं । धितोपत्र बोर्डमा नयाँ प्रमुख आएपछि पाइपलाइनमा रहेका धेरै कम्पनीहरुले निष्कासन अनुमति पाइरहेका छन् । 

यसैबीच श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नको अनुमति पाएको छ । लघुवित्तले साउन १८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको हो ।

बोर्डबाट अनुमति पाएसँगै लघुवित्तले अब १०० रुपैयाँ अकिंत दरमा ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका गर्ने छ । लघुवित्तको विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया