काठमाडौंँ - पछिल्लो ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस साताको दोस्रो कारोबार दिन भने बढेर बन्द भएको छ। यस दिन नेप्से १६.३२ अंक बढेर २२१७.१९ विन्दुमा पुगेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ३.६२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक बढेको छ।
नेप्से उकालो लागेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएकोमा यस दिन २२४ स्टकको २१ हजार ७०९ पटकको कारोबारमा १ अर्ब ८ करोड ८८ लाख ३३ हजार रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक करिब ६ प्रतिशत बढेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ५.९५ प्रतिशत बढेर १ हजार ३१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन अपर तामाकोशीको शेयरमूल्य ५.५८ प्रतिशत बढेर ५०८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।
कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ४६ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य ५.३९ प्रतिशत घटेको छ।