काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएका छन् ।
अर्थ मन्त्रालयले उनलाई निलम्बन गरेको हो । त्यस्तै निलम ढुंगानालाई कार्यबाहक दिइएको छ । आज भएको एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा राष्ट्र बैंक प्रति निकै आक्रोस पोखेका थिए ।
बिहीबार बसेको मन्त्रिपरिषदको निर्णयले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णय अनुसार गभर्नर अधिकारीलाई निलम्बनसँगै छानविन समिति समेत गठन गरेको छ ।