काठमाडौंं - साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात शुक्रबार ३४.७० अंक घटेर १९९२.६२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७१ अंक बढेर १९९३.३३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ४ स्टकको ३ लाख ५८ हजार ९६२ रुपैयाँ ५० पैसा बराबरको ९०९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ वटा स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।