आज बिहानै आइपीओ बाँडफाँड हुने,धेरैको हात खाली

काठमाडौं । सयपत्री हाईड्रोपावर कम्पनी लिमीटेडले साउन १३ गतेबाट १६ गतेसम्म निष्काशन गरेको आईपिओ पआज बाँडफाँड हुँदै छ । कम्पनीको प्रि allotment बिक्री प्रबन्धक एन आई बि एल एस क्यापीटलमा सोमबार सम्पन्न भएको हो ।

प्रि अलटमेन्ट सम्पन्न भएसँगै आइपिओ बाडफाँड आज मंगलबार ( साउन २४ गते) बाँडफाँट तय भएको हो । 

कम्पनीले कुल ७ लाख २९ हजार ६० कित्ता आईपिओ निष्काशन गरेको थियो । कुल कित्ताको ५ प्रतिशत अर्थात ३ हजार सामुहिक लगानी कोष २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षीत गरी बाँकी ६ लाख ७ण् हजार ५८६ कित्ता सवैसाधारणलाई छुट्याइएको थियो । कम्पनीको आईपिओ अन्तिम दिन १५ लाख २३ हजार ७ सय ३ जना लगानीकर्ताको १ करोड ७२ लाख ४५ हजार ८० कित्ताको लागि आबेदन परेको थियो। यो संख्या माग भन्दा २५।७१ गुणा बढि हो ।

मागभन्दा धेरै आबेदन परेको हुनाले गोलाप्रथाबाट बाँडफाड गरीनेछ ।

आइपीओ बाँडफाँड भएपछि नतिजाको लागि https://iporesult.cdsc.com.np/ यहाँ जान सकिन्छ । 

प्रतिक्रिया