रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
बागलुङ / बागलुङ जिल्ला निसीखोला गाउँपालिका वडा नम्बर ०६ जाउलेपानी स्थित मध्यपहाडी लोकमार्गमा पश्चिम रुकुमबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नं. को बस सडक देखी अ. १५० मिटर तल खस्दा दुर्घटना,भइ ९ जनाको मृत्युु भएको छ ।
दुर्घटना परेर मृत्यु हुनेहरूमा ,जिल्ला दाङ बस्ने बर्ष १८ को लक्कि पुन मगर उपचारको क्रममा ऐ. २१:५० बजे मृत्यु ।
जिल्ला पश्चिम रुकुम मुसिकोट न.पा. ०१ बस्ने वर्ष २७ की विनिता के.सी. उपचारको क्रममा मृत्यु भएको ।जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा.२ रातामाटा बस्ने बबि ददेल नेपाली (सवारी धनि) । जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा.४ सोलाबाङ बस्ने वर्ष ३५ की टिका के.सी.जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा.३ साँख बस्ने कल्पना के.सी. जिल्ला रोल्पा घर भएको सुवाष गौतम (मानसिंह बि.क.) (चालक), जिल्ला गोर्खा घर भएको गिता थापा ,जिल्ला ललितपुर घर भएको सुजन महर्जन, जिल्ला रुकुम पूर्व सिस्ने गा.पा. ५ रुमालबारा बस्ने बर्ष २५ को बिक्रम परियार काे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन केसीले बताए ।
बसमा सवार-नाबालिका सहित ३५ जना सवार यात्रुहरू मध्य २१ जना घाईतेको धौलागिरी अस्पताल बागलुङमा उपचार हुँदै गरेकोमा सबैको अवस्था मध्यम रहेको, ५ जना घाईते मणिपाल अस्पताल पोखरा रिफर गरिएको केसीले बताए ।
मृत्यु-हुने ९ जना मध्य ४ महिला र ५ जना पुरुष) रहेका छन् घटनास्थलमा मृत्यु भएका ७ जनाको शव पूर्वी रुकुम पठाईएको, प्रा.स्वा.के.बुर्तिवाङमा उपचारको क्रममा मृत्यु भएको २ जनाको शव सोही प्रा.स्वा. केन्द्रको शव गृहमा रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको विवरण :-
१. जि.रुकुम पश्चिम मुसिकोट न.पा.१ बस्ने बर्ष ५२ को दसरथ नेपाली
२. ऐ.आठबिसकोट न.पा.१ बस्ने बर्ष २६ को पुष्कर बुढा
३. ऐ. मुसिकोट न.पा.१ बस्ने बर्ष ३० को छकेन्द्र जंग सेन
४. जि.गुल्मी मदाने गा.पा.१ बस्ने बर्ष २४ को गोबिन्द बोहरा (सह-चालक)
५. ऐ.मुसिकोट न.पा.७ बस्ने बर्ष ३५ को हिम बहादुर पाण्डे
६. जि.गुल्मी मालिका गा.पा. १ बस्ने बर्ष ५० को बल बहादुर पुन
७. जि.सुर्खेत पञ्चपुरी न.पा.८ बस्ने बर्ष २६ को लक्ष्मण बोगटी
८. जि.रुकुम पश्चिम बस्ने बर्ष २२ को टिकाराम बि.क.
९.जि.रुकुम पश्चिम बोतलिवाङ गा.पा. ११ बस्ने बर्ष २२ कि सबिना पुन मगर
१०.जि.रुकुम पश्चिम बस्ने बर्ष ३८ को हेमराज के.सी.
११.ऐ.मुसिकोट न.पा.३ बस्ने बर्ष २४ को गणेश खड्का
१२.जि.काठमाण्डौ टो.खा.न.पा. ०३ बर्ष २३ कि सृष्टि गैरे
१३.जि.डोल्पा त्रिपुरासुन्दरी न.पा.०३ बस्ने बर्ष २८ को आविस्कार धराला
१४.जि.रुकुम पश्चिम मुसिकोट न.पा. ०३ बस्ने बर्ष २७ कि सरिता खड्का (मिति २०८०।१२।०६ गते ऐ. ०२:३५ बजे मणिपाल अस्पताल पोखरा रीफर, मध्यम)
१५.ऐ. बस्ने महिना ३ की ज्ञानु ढकाल (मिति २०८०।१२।०६ गते ऐ. ०२:३५ बजे मणिपाल अस्पताल पोखरा रीफर, मध्यम)
१६.जि.ललितपुर महानगरपालिका १४ बस्ने बर्ष २४ कि अनुज्ञा भट्टराई
१७.जि.रुकुम पश्चिम मुसिकोट न.पा.४ बस्ने बर्ष ४६ कि बिना शर्मा
१८.ऐ.बस्ने बर्ष ४४ कि कमला के.सि.
१९.ऐ.बस्ने बर्ष २० कि लक्ष्मी पुन मगर
२०.ऐ.३ बस्ने बर्ष ५५ को लिला के.सी. (मिति २०८०।१२।०६ गते ऐ. ०३:५० बजे मणिपाल अस्पताल पोखरा रीफर, मध्यम)
२१.ऐ. बस्ने बर्ष ३० को ससिराम खड्का
२२.जि. रुकुम पश्चिम तलाखेत न.पा. ४ बस्ने बर्ष १८ कि सपना वली
२३.ऐ. मुसिकोट न.पा.३ बस्ने बर्ष ६० को हर्क बहादुर के.सि. (मिति २०८०।१२।०६ गते ऐ. ०२:३५ बजे मणिपाल अस्पताल पोखरा रीफर, मध्यम)
२४.ऐ सानोभेरी गा.पा.०१ बस्ने बर्ष २६ को दिनेश खड्का
२५.जि.सिन्धुपाल्चोक जुगाल गा.पा. ०२ बस्ने बर्ष २६ को देवेन्द्र रिजाल (मिति २०८०।१२।०६ गते ऐ. ०३:२५ बजे मणिपाल अस्पताल पोखरा रीफर, मध्यम)
२६.जि.रुकुम पश्चिम मुसिकोट न.पा. ०७ बस्ने वर्ष २१ की सोभा थापा - HK खबरबाट