दुर्घटनाको दुखद खवर कम्तीमा ६ जनाको ज्यान गयो 

काठमाण्डौ । रामेछापदेखि काठमाण्डौ आँउदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । 

रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा सवारी दुर्घटनामा परेको हो । अहिले गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ । 

घटनास्थलमा रहेकी सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईंले मृतकको शव संकलन गर्ने र घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याउने काम भइरहेको बताउनु भयो । 

प्रतिक्रिया