जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा जीप दुर्घटनामा परेको छ । आइतबार दिउँसो साढे ४ बजे भएको दुर्घटनाबाट ८ जनाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु जनाइएको छ ।

विकट क्षेत्र भएका कारणले घटना क्षेत्रमा प्रहरी पुग्न पनि ढीलाइ भएको भइको हो । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली उद्दारमा खटिएको जिल्ला प्रहरीले जनाएको छ । । स्थानियहरु मिलेर उद्धारको काम गरिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय