काठमाडौं – नेपालले जारी महिला एसिया कपमा विजयी शुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्यो।
युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रनको योगदान गरिन्।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो। युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् भने कभिषा इगोडागेले २२ र समिरा धर्निनधर्काले १३ रन बनाए।
नेपाली बलर कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् भने सबनम राई, कबिता जोशी, र कृतिका मरासिनीले एक-एक विकेट लिए।
अब नेपालले अर्को खेल आइतबार पाकिस्तानविरुद्ध खेल्नेछ भने युएईले आइतबार नै भारतको सामना गर्नेछ।