काठमाण्डौ । साताको चौथो दिन नेप्से ५ अंक भन्दा धेरैले बढेर समग्र बजार २६३३ विन्दुमा पुगेको छ । आज हिजो अस्तिको तुलनामा नेप्से स्टेवल भएको थियो ।
आज कारोबार भएका २२३ कम्पनीहरुमा ९१ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै दश कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । आज कारोबार रकम भने २ अर्व ७४ करोड हाराहारीमा मात्र पुगेको छ ।
आज सामलिङ पावर कम्पनी र न्यादी जलविद्युत कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । नेपाल दुरसञ्चार कम्पनीको शेयर सबै भन्दा धेरै खरिद विक्री भएकोमा आईसीएफसी कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ ।