लगातार दुई दिनको हरियालीपछि मंगलबार शेयर बजार घट्यो,कारोबार रकम भने उत्साहजनक

काठमाडौं - शेयर बजारमा दुई दिनको हरियालीमा ब्रेक लागेको छ । आर्थिक वर्ष २०७९।०८० को मोद्रिक नीति सार्वजनिक गरे पछिको २ कारोबारको दिन उचालिएको शेयर बजार फेरी तेस्रो कारोबारको दिन ओरालो लागेको हो ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.८० अकंले घटेर २०८८.१६ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.४५ अकंले बढेर २१३२.९६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार २९८ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१४ कम्पनी ९९ लाख ४४ हजार ४८ हजार कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब १० करोड ५८ लाख १८ हजार ९४१ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्से भारी अकंले घट्दा सिवम् सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १९ करोड ३६ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अरुण काबेली पावरको १५ करोड ५७ लाख ८ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १० करोड २४ लाख ५० हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ९ करोड ८० लाख ५९ हजार रुपैयाँ र राधी विद्युत कम्पनीको ८ करोड ३५ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ ।

 

 

 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय