दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

काठमाडौ - दैलेखमा सवारी दुर्घटना हुँदा मानविय क्षति भएको छ । बुधबार राति भएको बस दुर्घटनाका ४ जनाको ज्यान गएको छ । 

कालीकोट जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । 

यात्रु संख्या अत्यधिक भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । झन्डै ५० देखि ६० जना सवार रहेको अनुमान छ । ३४ जना आठबीसकै मेडिकलमा उपचार भइरहेको र २३ जना सुर्खेतको प्रदेश अस्पतालमा रिफर गरिएको छ । थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया