बीमाको पूँजी वृद्धि गर्ने राम्रो खबर पाएको शेयर बजारको अबको यात्रा कता ?

काठमाडौं - बीमा समितिले बीमा कम्पनीहरुले पुर्याउनुपर्ने चुक्तापुंजी तोकेको छ। आज बसेको समितिको संचालक समितिको बैठकले जीवन र निर्जीवन बीमा कम्पनीले पुर्याउनुपर्ने चुक्तापुंजी तोकेको हो।  

आज बसेको संचालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्तापुंजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब तोकेको छबीमा कम्पनीहरुले तोकिएको चुक्तापुंजी कसरी पुर्याउने भन्नेबारे पुंजीवृद्धि योजना आजदेखिको ३० दिनभित्र बीमा समितिमा बुझाउनुपर्नेछ। बीमा कम्पनीहरुलाई तोकिएको चुक्तापुंजी पुर्याउन १ बर्षको अवधि दिईनेछ। 

 

हाल निर्जीवन बीमा कम्पनीका लागि कम्तिमा १ अर्ब र जीवन बीमा कम्पनीहरुको लागि कम्तिमा २ अर्ब पुँजी तोकिएको छ। । 

 

पूँजी बढाउने खबरको असर 

यसो त केही दिन देखि बीमा समूहको उपसुचकहरु हरियाली भइरहेका छन् कारण थियो बीमाको पूँजी वृद्धि हुने हल्ला । बिहीबार नेप्से घटेको दिन पनि यो सूचकमा चाम आएको छ । 

शेयर बजारका जानकार लक्ष्मी प्रसाद न्यौपानेले दिएको जानकारी अनुसार यस अघिका यस्तै निर्णयले एक हप्ता सम्म राम्रो चाम यो क्षेत्रमा आएको बताउनु हुन्छ । पूँजी वृद्धिको लागि बोनस शेयर वा राइट शेयर दिनु पर्ने हुन्छ । यसले लगानीकर्तालाई आकर्षण गर्छ । यसरी हेर्दा केही दिन यो क्षेत्रमा लगानीकर्ताको आकर्षण रहने देखिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय