काठमाडौं - नेपालमा आइपीओमा धेरैको चासो र ईच्छा रहेको कुरा पटक पटक प्रमाणित हुँदै आएको छ ।भर्खर मात्र आइपीओ निष्कासन गरेको बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको शेयरमा १५ गुणा बढी आवेदन परेको छ ।
सीडिए एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः३५ बजेसम्ममा १८ लाख ४५ हजार ६७ जना आवेदकबाट २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १३ लाख ६५ हजार कित्ता शेयरको १६.०७ गुणा बढी हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका शेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार एक लाख ३६ हजार ५०० जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् ।