बुद्धभुमि हाईड्रोपावरको शेयर बाँडफाँड,यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौ । भाद्रमा स्थानियको लागि प्राथमिक शेयर खुल्ला गरेको  बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनीको शेयर शुक्रबार बाँडफाँड भएको छ । 

 बाँडफाँड भएको आईपीओको नतिला शुक्रवार ५ बजेपछि मात्रै हेर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापीटले जनाएको छ ।  बिक्री प्रबन्धक सिभिल क्यापीटको वेबसाईट यहाँ  गएर हेर्न सकिन्छ ।

कम्पनीको आईपीओमा ६० हजार जनाले आवेदन दिएका थिए । जसमा ४९ हजार ४८५ आवेदकको मात्रै सदर भएको थियो । गोलाप्रथा बिधिबाट बाँडफाँड गर्दा ४० हजार आवेदकले १० कित्ताका दरले पाएका छन् भने ९ हजार ४८५ जनाको हात रितो भएको छ ।


कम्पनीले श्रावण ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो । कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया